News

जनतालाई महसुस हुने गरी काम गर्ने महिलामन्त्री कोइरालाको प्रतिवद्धता

जनतालाई महसुस हुने गरी काम गर्ने महिलामन्त्री कोइरालाको प्रतिवद्धता

 

साउन - ११ । नवनियुक्त महिला, बालबालिका तथा समाज कल्याणमन्त्री आशा खनाल कोइरालाले महिलामाथि हुने आपराधिक कार्य नियन्त्रण गर्नु आफ्नो पहिलो काम हुने बताएकी छिन् ।

मन्त्रालयमा बुधबार साँझ पदबहाली गर्दै उनले एक सय दिनभित्र नै जनतालाई महसुस हुने गरी काम गर्ने प्रतिवद्धता व्यक्त गरिन् ।

विद्यालय अध्ययन गर्दादेखि नै राजनीतिक जीवन शुरु गर्नुभएका उहाँले विसं २०५० देखि २०५८ सम्म जेल जीवन बिताउनुभएको थियो ।

नेकपा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य रहेका कोइराला तनहुँमा जन्मिनुभएको हो । बिएडसम्मको औपचारिक शिक्षा हासिल गर्नुभएको उहाँले स्थायी शिक्षकको जागिर छाड्नु भएको थियो । रासस

विशेष