News मुख्य समाचार

७७ कि ७५ जिल्ला ? आयोग नै अन्योलमा

७७ कि ७५ जिल्ला ? आयोग नै अन्योलमा

साउन ११ । सरकारले २१ दिनको समय दिएर गठन भएको निर्वाचन क्षेत्र निर्धारण आयोगले काम सुरु गरेको छ । तर सुरुमै आयोग देशमा ७७ जिल्ला हुने कि ७५ जिल्ला भन्नेमा द्विविधामा परेको छ ।

क्षेत्र निर्धारणका लागि सुझाव लिन छलफलका लागि बोलाइएका विज्ञहरुले नै चार थरी सुझाव दिएपछि कसरी अगाडी बढ्ने भन्नेमा आयोग नै अलमलमा परेको हो ।

संविधानले नै जिल्लाबारे प्रस्टता नदिएकाले आयोगका पदाधिकारी र विज्ञहरुले प्रष्ट जवाफ दिन सकेका छैनन् । पहिला जिल्लाको संख्या मिलाएरमात्र क्षेत्र निर्धारणको काम सुरु गर्ने तयारीमा आयोग लागेको छ ।

नयाँ पत्रिका

विशेष