विदेश

आतङ्कवादको समूह बनाएको आरोपमा ६० पक्राउ

आतङ्कवादको समूह बनाएको आरोपमा ६० पक्राउ

साउन ११ । आतङ्कबादी समूह बनाउँदै गरेको भन्दै बहराईनमा बुधबार ६० जनालाई पक्राउ गरिएको छ । सुनी मुसलमान समूदायको बलियो प्रभाव रहेको यस इलाकामा पक्राउ परेका सबै सिया समूहका रहेका बताइएको छ ।

उनीहरूले आउँदो अगस्ट २२ तारिखका दिन आतङ्कवादी समूह खोल्ने तयारी गरेको प्रहरीको दाबी रहेको छ ।

“उनीहरूले आतङ्ककारी समूह बनाउँदै थिए, त्यो समूहलाई हातहतियारको प्रयोग गरी आतङ्कवादी आक्रमण गर्ने बारेमा प्रशिक्षण भइरहेको थियो,” एक जना सार्वजनिक वकिल अहमाद अल हमादीले बताएका छन् ।

सिया नेतृत्वका प्रदर्शनहरूमा संलग्न भएको आरोपमा सन् २०११ देखि यता सयौँलाई कारागारमा राखिएको अधिकारीहरूले बताएका छन् ।

अल खालिफा परिवारले झण्डै दुई सय वर्षदेखि शासन गर्दै आइरहेकोमा निर्वाचित सरकार बनाउन माग गर्दै उनीहरूले आन्दोलन गरिरहेका छन् ।

Dubai

विशेष