विदेश

फेसबुक चलाएरै यिनको तीन महिनाको कमाई ९.३ अर्ब डलर

फेसबुक चलाएरै यिनको तीन महिनाको कमाई ९.३ अर्ब डलर

साउन १२ । सामाजिक सञ्जाल फेसबुकमा पछिल्लो समय भिडियो विज्ञापनको आम्दानी बढेपछि मार्क जुकर्बगको नाफा आकासिएको छ । संसारमा जुकर्बर्गका बाबुआमा नै एक हुन सक्छन् जसले छोरालाई फेसबुक चलाएकोमा स्याबासी दिन्छन् ।

विवरणले विश्वको जनसंख्याको एक चौथ्याइभन्दा बढि मानिसले फेसबुक प्रयोग गर्ने तथ्य देखाउँछ । त्यसकारणले पनि विज्ञापनदाता फेसबुकतिर आकर्षित भएका हुन् । फेसबुकको विवरणअनुसार, जुन महिनामा फेसबुक प्रयोककर्ताहरुको संख्या दुई दशमलव एक अर्व रहेको थियो । गत अप्रिलदेखि जुनसम्मको तीन महिनाको अवधीमा फेसबुकको आम्दानी ९।३ अर्ब डलर हुन पुगेको थियो । त्यसअवधिमा फेसबुकको नाफा ७१ प्रतिशतले बढेको बताइन्छ ।

जुकर्बगले सन् २००४ मा फेसबुक खोलेका थिए । फेसबुकको यो यात्रा छोटो भए पनि जुकर्वगका लागि भने पैसा भण्डारण गर्न पर्याप्त बनेको छ । जुकर्बर्गले यो वर्षको आधा अवधि र पछिल्लो त्रैमासिक आफूहरुको लागि राम्रो भएको बताएका छन् ।

यतिबेला फेसबुकले आफ्ना अन्य सामाजिक सञ्जाल जस्तै इन्स्टाग्राम र ह्वाट्स्यापमार्फत पनि विज्ञापन आकर्षित गर्दै छ । त्यस्तैगरि मेसेन्जरबाट भने हालको लागि विज्ञापन आकर्षित गर्न नसकिने भन्दै उनले चौबीस घण्टसम्म रहने सन्देश राख्ने सुविधा भएको स्न्यापच्याटसँग फेसबुकले कडा प्रतिस्पर्धा गरिरहेको बताएका छन् ।
—बिबिसीबाट

विशेष