News अपराध सुरक्षा

घुस लिदैगर्दा समातिए सहकरीका हाकिम

घुस लिदैगर्दा समातिए सहकरीका हाकिम


साउन १२ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रु १५ हजार घुस लिएको आरोपमा डिभिजन सहकारी कार्यालय सिरहाका प्रमुख रामप्रसाद सुवेदी र कार्यालय सहयोगी अवतार बस्नेतलाई आज पक्राउ गरेको छ ।

योग्य महिला कृषि सहकारी संस्था दर्ता गर्न पुगेका सेवाग्राहीसँग घुस रकम माग गरेको भन्ने सूचनाका आधारमा आयोगको टोलीले तिनलाई पक्राउ गरेको हो ।
कार्यालय प्रमुख सुवेदीको निवासबाट घुस रकमसहित पक्राउ गरी थप अनुसन्धान भइरहेको आयोगका प्रवक्ता जीवराज कोइरालाले जानकारी दिए ।

विशेष