विदेश

सुरक्षा कारबाहीमा ९ जना कमाण्डर सहित १४९ लडाकू मारिए

सुरक्षा कारबाहीमा ९ जना कमाण्डर सहित १४९ लडाकू मारिए

 

साउन - १२ । अफगानिस्तानमा भएको पछिल्लो सुरक्षा कारबाहीमा परी नौ जना कमाण्डर सहित कम्तीमा १४९ जनाको मृत्यु भएको छ । गत चौविस घण्टाको अवधिमा अन्य ११६ जना घाइते पनि भएको रक्षा मन्त्रालयले बिहीबार जनाएको छ ।

“अफगान सुरक्षा फौजले देशभरीका विभिन्न ठाँउमा सुरक्षा कारबाही चलाएको थियो, त्यसक्रममा नौ जना कमाण्डर सहित कम्तीमा १४९ जना लडाकूहरु मारिएका छन् । अरु तीन जना अलकायदाका सदस्य थिए भने आठ जना इस्लामिक स्टेट(आइएस)का लडाकू थिए,” मन्त्रालयद्वारा जारी वक्तव्यमा भनिएको छ ।
सुरक्षा कारबाही नान्गार्हार, कुनार, नुरिस्टान, कापिसा, वर्डाक, पाक्टीअ, पाक्टीका, उरोज्गान, हेराट, घोर, कुन्दुज, फार्याब, बाघलान, बाडाखशान र हेल्मन्ड प्रान्तमा भएको मन्त्रालयले जनाएको छ ।

सुरक्षा निकायहरुले १७ ओटा ‘क्लिनअप अपे्रसन’, २५ विषेश सुरक्षा कारबाही र दुई रात्रिकालिन सुरक्षा कारबाही ११ प्रान्तमा गरेको थियो । तर सुरक्षा निकाय तर्फ कुनै क्षति भएको वा नभएको बारेमा वक्तव्यमा केही उल्लेख गरिएको छैन । 

विशेष