News

प्रहरी सहायक निरीक्षक मृत फेला

प्रहरी सहायक निरीक्षक मृत फेला

साउन १३ । धादिङको खनियाबास गाउँपालिका वडा नम्बर ४ मा पर्ने दार्खा प्रहरी चौकीमा कार्यरत प्रहरी सहायक निरीक्षक दिलबहादुर गुरुङ मृत अवस्थामा भेटिएका छन् ।

गुरुङको शव चौकी नजिकै बारीमा आज भेटिएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

सञ्चार सम्पर्क हुन नसकेका कारण घटनाको बारेमा थप जानकारी आउन नसकेको र जिल्ला प्रहरी कार्यालयको टोली घटनास्थलतर्फ लागेको प्रहरीले जनाएको छ

विशेष