News

कपिलवस्तुमा गरियो १० वटा साक्षात नागको पूजा

कपिलवस्तुमा गरियो १० वटा साक्षात नागको पूजा

साउन १३ । कपिलबस्तुको सदरमुकाम तौलिहवामा नागपञ्चमीमा जिल्लाका विभिन्न ठाउँबाट ८ जना सपेराले ल्याएका १० वटा गोमन सर्पको पूजा अचर्ना गरे । प्रसिद्ध तौलेश्वरनाथ महादेव मन्दिरमा शुक्रबार नाग देवताको पूजाआजा गरिएको छ ।

 

भक्तजनहरुले खुसी भई आ–आफ्ना गच्छे अनुसार नाग देवतालाई नगद दान गरे । नागपञ्चमीका दिन मन्दिर परिसर सर्पलाई दूध, लावा, अक्षता, अबिर, चन्दन र फूल चढाएर पूजाआजा गरियो । नागपञ्चमीका दिन सर्पको पूजाआजा गरेमा नागबाट जोगिने र घर परिवार सुरक्षित हुने जनविश्वास छ । बिहानबाटै पूजाआजा गर्नेको भीड अहिलेसम्म रहेको छ ।

 

naag panchami

विशेष