News स्वास्थ्य

सरकार र अनसनरत डा.केसीसँगको वार्ताको समय लम्बिदैँ

सरकार र अनसनरत डा.केसीसँगको वार्ताको समय लम्बिदैँ

साउन १३ । चिकित्सा क्षेत्रको सुधारको लागि ११ औँ पटक अनसन बसेका डा. गोबिन्द केसीसँग आज सरकारपक्षले गर्ने भनिएको वार्ताको समय लम्बिरहेको छ ।
शुक्रबार दिउँसो साढे एक बजे अनसनरत रहेका डा.केसी र सरकारबीच सिंहदरबार परिसरमा वार्ता हुने सहमति भएको थियो । अब २ बजेपछि मात्र वार्ता सुरु हुने बताइएको छ ।

के हुन् उनका माग ?

डा. केसीका मागमा तुरुन्त माथेमा प्रतिवेदनअनुरूप दिइएका सुझावसहित चिकित्सा शिक्षा ऐन पारित गर्नुपर्ने, चिकित्सा शिक्षा क्षेत्रमा भएका अनियमितता रोक्न ६ वटा प्रक्रिया अपनाउनुपर्ने, आईओएममा तत्काल डिनको सिफारिसअनुसार सहायक डिन र क्याम्पस प्रमुख नियुक्त हुनुपर्नेलगायत छन् ।

आईओएमलाई विगतका सम्झौताअनुसार थप स्वायत्तता दिँदै विद्यार्थी भर्ना, शुल्क र सम्बन्धनसम्बन्धी अधिकार त्रिवि कार्यकारी परिषद्बाट आईओएममा फिर्ता गरिनुपर्ने, सरकारी निर्देशन र अदालतको आदेश अटेरी गर्ने मेडिकल कलेजको सम्बन्धन तत्काल खारेज गरिनुपर्ने, चिकित्सा शिक्षा आयोग नबनेसम्म मेडिकल शिक्षाका सबै तहको शुल्क विश्वविद्यालयले नभई सरकारले तोक्ने व्यवस्था हुनुपर्ने, एमडीरएमएस र एमडीएस तहको शुल्क यही शैक्षिक सत्रदेखि लागू हुने गरी काठमाडौं विश्वविद्यालयमा जस्तै सबै निजी कलेजका लागि २२ लाख कायम गरिनुपर्ने र आईओएममा पदाधिकारी नियुक्त नगरेर अस्तव्यस्त बनाउने, आईओएमका अधिकार खोसेर लैजाने तथा नाजायज रूपमा धेरै शुल्क कायम गर्ने त्रिवि पदाधिकारीलाई तत्काल बर्खास्त गरिनुपर्ने उनका माग हुन् ।

 

Dr. Gobinda Kc

विशेष