विदेश

पाकिस्तानका प्रधानमन्त्री नवाज सरिफ दोषी ठहर, राजिनामा दिँदै

पाकिस्तानका प्रधानमन्त्री नवाज सरिफ दोषी ठहर, राजिनामा दिँदै

साउन १३ । पाकिस्तानका प्रधानमन्त्री नवाज सरिफको पद धरापमा परेको छ । पनामा पेपर लिक प्रकरणमा दोषी ठहर भएकाले उनले राजिनामा दिनुपर्ने अवस्था आएको हो । 

पाकिस्तानको सर्वाेच्च अदालतका न्यायाधीश आसिफ सइद खोसा नेतृत्वको पाँच सदस्यीय इजलासले उनलाई यो प्रकरणमा दोषी ठहर गरेको हो । अदालतको यो ठहरसँगै राजिनामा दिनुपर्ने वाध्यात्मक अवस्था खडा भएको छ ।

तीन पटक पाकिस्तानको प्रधानमन्त्री बनेका नवाज सरिफ र उनको परिवारमाथि भ्रष्टाचार र विदेशमा पैसा लुकाएको आरोप लाग्दै आएको छ । सन् २०१५ मा भएको चर्चित पनामा पेपर्स प्रकरणमा नवाज शरिफका सन्तानको सम्बन्ध कर छलीको उद्देश्यले विदेशमा खोलिएका नक्कली कम्पनीहरुसँग रहेको देखिएपछि उनको परिवारको सम्पत्तिका बारे छानविन भएको थियो । पनामा पेपर्स प्रकरणपछि नवाज शरिफको परिवारको सम्पत्तिबारे छानविन गर्न गठन गरिएको टोलीले गत १० जुलाईमा आफ्नो प्रतिवेदन दिएको थियो ।

विशेष