विदेश

राष्ट्रपति चुनाव हारबारे किताब निकाल्दै हिलारी

राष्ट्रपति चुनाव हारबारे किताब निकाल्दै हिलारी

साउन - १३ । २०१६ को अमिरिकी राष्ट्रपति चुनावकी प्रतिद्वन्दी डेमोक्रेटिक पार्टीकी उमेद्वार हिलारी क्लिन्टनले चाँडै नै किताब निकाल्ने भएकी छिन् । चुनावी प्रकरणलाई समेटेर लेखिन लागिएको उक्त किताबको नाम ‘ह्वाट ह्याप्पनड’ रहेको बताइएको छ ।

आफ्ना प्रतिद्वन्दी रिपब्लिक पार्टीका डोनल्ड ट्रम्पसँगको कडा प्रतिस्पर्धाबीच भएका घटनाहरुलाई समेटेर लेखिएको उक्त किताबमा हिलारीको ह्वाइट हाउससँगको लडाइलाई पनि समेटिएको अन्तर्राष्ट्रिय समाचार माध्यमहरुले बताउँछ । किताबमा डोनाल्ड ट्रप्मको विराधको यात्रा, हिलारीका गल्तीहरु, अप्रत्याशित हार, त्यसपछि आफूलाई बलियो बनाउनका लागि लिइएका निर्णयहरु पनि समेटिएको बताइएको छ ।

उक्त किताब यही आउँदो सेप्टेम्बरबाट बजारमा आउने बताइएको छ । किताब ल्याउँदै गरेको खबर सर्वप्रथम हिलारीले नै सामाजिक सञ्जाल ट्वीटरमार्फत जानकारी दिएकी थिइन् ।

विशेष