विदेश

यो कस्तो चमत्कार ? आमाले खाल्डोमा पुरेकी बच्चालाई घन्टौंपछि जीवितै फेला पारियो

यो कस्तो चमत्कार ? आमाले खाल्डोमा पुरेकी बच्चालाई घन्टौंपछि जीवितै फेला पारियो

नयाँ दिल्ली, १३ साउन । भारतीय राज्य मध्यप्रदेशमा सात दिनको एक शिशुलाई उनकी आमाले जिउदै गाडेर छोडेपनि ती शिशु रोएको गाउलेले सुनेपछि जिवीतै खाल्डोबाट निकालिएको छ । खाल्डोमा पुरेर छोडेको कैयौँ घन्टापछि पनि ती शिशु जिवीतै रहेको यस घटनालाई यतिखेर भारतमा आश्चर्यजनक घटनाका रुपमा लिइएको छ । 

एक १६ बर्षिया युवती बलात्कृति भएर जन्मिएको त्यस शिशुलाई समाजमा लाजको डरले खाल्डोमा पुरेर छोडेकी थिइन् । अविवाहित ती युवतीले मध्यप्रदेशको बरवानीपुरस्थित उनको बुबाको घरमा छोरा जन्माएकी थिइन् । जन्मेको एक हप्तापछि घरभन्दा केही परको चौरमा उनलाई गाडेको अवस्थामा गाउलेले भेटेका थिए । 

उनले त्यस शिशुलाई सडक नजिक चौरमा गाडेको र सोही बाटो भएर गाउका महिला हिँडीरहेको अवस्थामा बच्चा रोएको आवाज सुनेपछि माटो खोस्रेर हेर्दा गाडिएको अवस्थामा बच्चा रोइरहेको पाइएको गाउले बताउछन् । त्यसपछि उक्त शिशुलाई बरवानी जिल्लाको अस्पताल भर्ना गरिएको छ । शिशुको स्वास्थ्य अवस्था अहिले राम्रो रहेको अस्पतालले जनाएको छ । 

अस्पतालले प्रकाशन गरेको विज्ञप्तिमा भनिएको छ ‘शरीरभरि लामखुट्टे र किराले टोकेका दाग छन् र माटो उर्छेर शरीर सबै रातो भएको छ, हामीले उपचारमा कुनै कमी गरेका छैनौँ र अहिले शिशुको स्वास्थ्य राम्रो हुदै गएको छ ।’ गतहप्ता भएको उक्त घटनाको जानकारी प्रहरीले शुक्रबार मात्र दिएको हो । प्रहरीले ती युवतीको नाम भने सार्वजनिक गरेको छैन । 

ती युवतीलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ । अनुसन्धानका क्रममा प्रहरीसामु ती युवतीले आफू गाउकै एक १७ बर्षको युवकबाट बलात्कृत भएर सो बच्चा जन्मिएको बताएकी छिन् । प्रहरीले सो युवकलाई पनि नियन्त्रणमा लिएको जनाएको छ । त्यस युवकले आफूले ती युवतीसँग विवाह गर्न स्वीकार गरेपनि बच्चा भने नस्वीकारेको जानकारी प्रहरीलाई गराएका थिए । 

ती युवतीका बुबाआमाले पनि त्यस युवकलाई विवाह गर्न दबाब दिएको तर उसले आफूले बच्चा नस्वीकार्ने बताएको जानकारी युवतीका बुबाले प्रहरीसामु गराएका छन् । भारतमा १८ बर्षभन्दा कम उमेरमा गरिने यौन सम्पर्कलाई बलात्कारका रुपमा लिने कानुनी प्रावधान छ । भारतका गाँउ गाँउमा बलात्कारका घटना निकै बढ्ने गरेको छ । 

भारतको सरकारी तथ्याङ्कमा सन् २०१५ मा मात्र करिब २० हजार बलात्कारका घटना प्रहरीमा दर्ता भएका थिए । बलात्कारजस्ता कार्यलाई निरुत्साहित गर्न भारतमा कडा कानुनी व्यवस्था गरिएको भए पनि यस्ता दुव्र्यबहारमा कमी आउन सकिरहेको छैन । 

विशेष