ओखलढुंगा केन्द्रबिन्दु भएर भूकम्प गयो
असार १८ । ओखलढुंगा केन्द्र बनाएर आइतबार बिहानै भएर भूकम्प गएको छ ।
बिहान ७ बजेर ४३ मिनेट जाँदा ओखलढुंगालाई केन्द्रबिन्दु बनाएर ५।१ म्याग्निच्यूडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । केन्द्रले आइतबारको धक्कालाइ परकम्प भनेको छ ।
२०७२ वैशाख १२ गते गोरखाको बारपाक केन्द्रबिन्दु भएर सात दशमलव ८ म्याग्निच्यूडको भूकम्पपछि अहिलेसम्म पनि निरन्तर परकम्प आइरहेको छ ।