News राजनीति मुख्य समाचार

माओवादी बैठकमा प्रचण्डले भने ले भनेः ‘बरु पार्टी नै विघटन गरौं’

माओवादी बैठकमा प्रचण्डले भने ले भनेः ‘बरु पार्टी नै विघटन गरौं’

साउन १३ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पार्टी विघटन गर्न सकिने विकल्पबारे सोच्न नेताहरुलाई प्रस्ताव गरेको खुलासा भएको छ ।

माओवादीले सशस्त्र युद्धदेखि शान्ति प्रक्रियाका दुई दशकसम्म विभिन्न चरण पार गर्दै गणतन्त्र, संघीयतालगायत मूल राजनीतिक कार्यभार पूरा गरेको भन्दै उनले अब दल विघटन गर्दा फरक नपर्ने बताएका हुन् ।

‘माओवादी एउटा आन्दोलन थियो पार्टीमात्रै थिएन, हामीले २० वर्षअघि बनाउने भनेको माओवादी हिजोआजको जस्तो माओवादी थिएन,’ पाँच दिनअघि ७ साउनमा सकिएको माओवादी केन्द्र सचिवालयको विस्तारित बैठकमा उठेका टिप्पणीको जवाफ दिने क्रममा दाहालले भने, ‘सबै साथीहरुबाट आएका विचारहरु समान किसिमका छन्– ‘गुटबन्दी मौलायो ।

नीतिमूखी होइन, नेतामुखी भइयो । जनतामा जान सकिएन । चुनाव लड्ने अनुभव भएन । अब हामीसँग सच्याउनै नसकिने गरी कमजोरी बढिसकेका हुन् भने पार्टी नै विघटन गर्नेबारे सोच्न सकिन्छ ।’  

कान्तिपुर

विशेष