News मुख्य समाचार प्रवास

मानव तस्करको ‘भर्‍याङ बन्दै नेता’

मानव तस्करको ‘भर्‍याङ बन्दै नेता’

साउन १३ । खाडी मुलुकमा घरेलु कामदार हाउसमेड पठाउन सरकारले लगाएको प्रतिबन्ध खुलाउन ठूला तीन दलका नेता नै लागिपरेको खुलेको छ ।

प्रतिबन्ध फुकुवा गर्नका लागि तस्करको संगठित गिरोहले नेताहरूलाई प्रयोग गरी आफूलाई दबाब दिइरहेको श्रम तथा रोजगारमन्त्री फरमुल्लाह मन्सुरले बताएका छन् ।

सरकारले पछिल्लोपटक चैत अन्तिम साता घरेलु कामदारका रूपमा कुवेत, कतार, साउदी अरेबियालगायत खाडी मुलुक जान प्रतिबन्ध लगाएको थियो । घरेलु कामदारका रूपमा जाने नेपाली युवायुवतीले चरम यातना पाएको, समयमा तलब नपाएको र महिला कामदारले यौनजन्य हिंसासमेत बेहोर्नुपरेको गुनासो आएपछि खाडी पठाउन प्रतिबन्ध लगाइएको हो ।

घरेलु कामदारमा नेपाली युवायुवतीलाई खाडी मुलुक लैजान पल्किएका अन्तर्राष्ट्रिय सञ्जालमा आवद्ध मानव तस्करले मन्त्रिपरिषद् बैठकले प्रतिबन्ध लगाउने निर्णय गरेपछि एमाले, कांग्रेस र माओवादी केन्द्रका नेतालाई समाएर श्रममन्त्री मन्सुरलाई दबाब दिन थालेका हुन् ।

अन्नपूर्ण

 

विशेष