News मुख्य समाचार

प्रदेश र प्रतिनिधीसभा निर्वाचनको तयारी थाल्न आयोगलाई प्रधानमन्त्रीको आग्रह

प्रदेश र प्रतिनिधीसभा निर्वाचनको तयारी थाल्न आयोगलाई प्रधानमन्त्रीको आग्रह

साउन १३ । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधीसभा र प्रदेशसभाको निर्वाचन तयारी थाल्न निर्वाचन आयोगका पदाधिकारीहरुलाई आग्रह गर्नुभएको छ ।

जनताका मत बदर नहुनेगरी मतदान प्रक्रियामा सुधार गर्न उहाँको बिशेष आग्रह थियो । सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा निर्वाचन आयोगका पदाधिकारी, उपप्रधान एवं परराष्ट्रमन्त्री, गृह मन्त्री र अर्थमन्त्री समेत सहभागि बैठकमा प्रधानमन्त्री देउवाले जनताको ‘एक एक मतको कदर हुनुपर्ने’ भन्दै निर्वाचन पद्धतीमा नै सुधार आवश्यक रहेको बताउनुभयो ।

देउवाले सरकार माघ ७ गतेभित्रै प्रदेशसभा र प्रतिनिधीसभाको चुनाव गर्न प्रतिवद्ध रहेको बताउनुभएको प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियारले जानकारी दिनुभयो । क्षेत्र निर्धारण आयोगले काम थालिसकेको अवस्थामा निर्वाचन सम्वन्धी कानुन केही दिनभित्रै पास गर्ने तयारीमा सरकार रहेको प्रधानमन्त्रीको भनाई थियो । बैठकमा निर्वाचन आयोगका पदाधिकारीले विद्युतीय भोटिङ मेसिन प्रयोग गरेर प्रदेश र प्रतिनिधीसभाको चुनाव गर्न प्रस्ताव गरेका थिए । जवाफमा प्रधानमन्त्री देउवाले सबै राजनीतिक दलसँग परामर्श गर्न सुझाव दिनुभएको थियो ।

निर्वाचन खर्च कम गर्न सरकार सकभर एकै दिन प्रतिनिधीसभा र प्रदेशसभाको चुनाव गर्ने तयारीमा रहेको प्रधानमन्त्रीको भनाई प्रति भने निर्वाचन आयोगले असहमति जनाएको छ । स्मार्ट विद्युतीय प्रणालीबाट मतदानको ब्यवस्था भए मात्र एकै दिनमा निर्वाचन सम्भव रहेको आयोग पदाधिकारीको भनाई थियो ।

विशेष