विदेश

उत्तर कोरियाको मिसाइल परीक्षण सफल, अमेरिकालाई सहजै सखाप पर्न सक्ने

उत्तर कोरियाको मिसाइल परीक्षण सफल, अमेरिकालाई सहजै सखाप पर्न सक्ने

साउन - १४ । उत्तर कोरियाले हालिया ईटरकन्टिनेन्टल बैलिस्टिक मिसाइल (आइसीबीएम) को सफल परीक्षण गरेको छ । हालै परीक्षण गरिएको सो मिसाइल सिधै अमेरिकासम्म प्रहार गर्न सक्ने क्षमताको रहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

कोरियाका सर्वोच्च नेता किम जोंगउनको भनाइलाई उद्धृद गर्दै उत्तर कोरियाको सरकारी सञ्चार माध्यमले उल्लेख गरेअनुसार सो मिसाइलले अमेरिकालाई सहजै सखाप पर्न सक्ने छ । हालै परीक्षण गरिएको मिसाइलभन्दा तीन हफ्ता पहिले पनि उत्तर कोरियाले यस्तै खाले मिसाइलको सफल परीक्षण गरेको थियो ।

यता अमेरीकी राष्ट्रपति डोनल्ड ट्रम्पले उत्तर कोरियाले लगातार मिसाइल परीक्षण गर्नु अत्यन्त लापरवाह र खतरनाक हुने बताएका छन् । उनले चीनले मिसाइल परीक्षणको बिरोध नगरेको भन्दै अब सबै सम्बन्धित देशहरु एक जुट भई यो समस्याको हल निकाल्ने तिर लाग्न सबैलाई आग्रहसमेत गरेका छन् ।

आइसीबीएम परीक्षणको क्रममा ४७ मिनेटको गतिमा ३७ सय २४ किलोमिटरको दूरीसम्म पुगेको थियो । उक्त कुरालाई कोरियाले पुष्टि गर्दै पुनः परीक्षण गर्दा यसको वास्तविक गति र क्षमता कति छ भन्न अझै स्पष्ट हुने उल्लेख गरेको छ ।

यो मिसाइल ३ जुलाईमा परीक्षण गरिएको मोडल जस्तै रहेको छ । तर यो मिसाईल त्योभन्दा पनि टाढा प्रहार गर्न सक्ने र शक्तिशालीसमेत रहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

मिसाइल परीक्षणको केहि बेर लगतै दक्षिण कोरिया, जापान र अमेरिकाका अधिकारिहरुले त्यस मिसाइलको स्थान, रेंज र प्रक्षेपण समयको जानकारी लिएका थिए । तर अहिलेसम्म यसको विस्कृत जानकारी कसैले दिएका छैनन् । जापानी उच्च अधिकारी योशिहिदे सुगाले जानकारी दिएअनुसार आइसीबीएम आकाशमा ४५ मिनेटसम्म उडेको थियो ।

विशेष