News

त्रिशूलीमा खसेका रञ्जनको उद्धार

त्रिशूलीमा खसेका रञ्जनको उद्धार


असार १८ । चितवनको इच्छाकामना गाउँपालिका–५ मुग्लिन नजिकै त्रिशूलीमा खसेर बेपत्ता भएका रञ्जन चापागाईंको उद्धार भएको छ । उनी सडकबाट त्रिशूली नदीमा खसेको खबर पाउना साथ उद्धारका लागि प्रहरीको टोली खटिएको थियो ।

प्रहरीका अनुसार खसेको ठाउँबाट केही तल नदी किनारबाट उद्धार गरिएको हो । बिवाहका लागि काठमाडौंबाट नवलपरासीको दलदले छुटेको लु १ ख ९८८१ नम्बरको गाडीमा जन्तीसँगै रहेका रञ्जन चापागाईं चिप्लिएर बिहान पौने ६ बजेतिर त्रिशूली नदीमा खसेका थिए ।

उनलाई सामान्य चोटपटक लागेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । गाडीबाट ओर्लिएर पिसाब फेर्न गएका उनी चिप्लिएकोे प्रहरीको भनाई छ ।

विशेष