News

चाडबाड नजिकिँदै जाँदा बिना कारण गाडी भाडा बढाउने भित्री तयारी

चाडबाड नजिकिँदै जाँदा बिना कारण गाडी भाडा बढाउने भित्री तयारी

साउन १४ । नजिकिदै गरेको चाडपर्वलाई लक्षित गरेर सार्वजनिक सवारी भाडा वृद्धि गर्न लागिएको खबर छ ।

विगतमा पनि चाडपर्वको अवसरमा सवारी साधनको संख्या नियन्त्रण गरेर यातायात व्यवसायीले यात्रुबाट मनलाग्दी भाडा असुल्दै आएका थिए तर यसपटक भने यातायात व्यवस्था विभाग र नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले आपसमा मिलेमतो गरेर भाडा समायोजनको बहानामा सार्वजनिक भाडादर वृद्धि गर्ने तयारी गरेका हुन् ।

विभागका अनुसार समितिले भाडा  समायोजनका लागि तीव्र गतिमा प्रतिवेदन तयार गरिरहेको छ ।

–गाेरखापत्रबाट  

विशेष