News

नुवाकोटमा खोलाले बगाएर एकको मृत्यु

नुवाकोटमा खोलाले बगाएर एकको मृत्यु


साउन १५ । नुवाकोटको ककनी गाँउपालिका वडा नंं १ ओखरपौवामा खानीखोला तर्ने क्रममा बगेर एक जनाको मृत्यु भएको छ ।

एक जना भने रुखको हागा समातेर बाच्न सफल भएका छन् । बाढी आइरहेको समयमा खोला तर्ने क्रममा बगेर दुप्चेश्वर गाँउपालिका वडा नंं २ गाँउखर्क करिडुङका २८ वर्षका तातेबहादुर तामाङको ज्यान गएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।

तातेबहादुरसँगै हात समातेर खोला तर्ने क्रममा बगेका रञ्जमान तामाङ खोलामा छेउको रुखको हागाँ समातेर बाच्न सफल भएका छन् ।

उनको शरीरको विभिन्न स्थानमा चोट लागेकाले स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको छ ।

विशेष