मुस्ताङ घुम्न आएका जोडीले पुलबाट हाम्फालेर आत्महत्या

मुस्ताङ घुम्न आएका जोडीले पुलबाट हाम्फालेर आत्महत्या

साउन - १५ । केहि दिन अगाडि मुस्ताङ घुम्न आएका एक जाडीले गत राति पर्वत सदरमुकाम कुश्मास्थित कुश्मा–ज्ञाँदी झोलुङ्गे पुलबाट हाम्फालेर आत्महत्या गरेका छन् । प्रहरी अनुसन्धान अनुसार आत्माहत्या गर्ने जोडी धरान उपमहानगरपालिका ११ का २६ वर्षीय अकिन गुरुङ र ललितपुर उपहानगरपालिका १४ घिलाहितिकी २५ वर्षीया मुना राना भएको खुलेको छ ।

ती जाडी शनिबार दिउँसो कुश्मा आसपास घुमफिर गरेर राति पुलबाट हाम्फालेको हुनसक्ने घटनास्थलबाट फर्किएका प्रहरी निरीक्षक मधुकरजंग विष्टले बताए । प्रहरी विष्ट अनुसार, दिनभरि घुमफिर गरेपछि साझ पुल नजिको होटलमा बसे खाजा खाए होलान् । साझ परेपछि त्यहाँ बास नपाएपछि कुश्मातर्फ फर्किएका उनीहरुले पुलमै व्याग छोडेर आत्महत्या गरेछन् ।’ पुल निर फेला परेको व्याग स्थानीयले जिल्ला कारागारस्थित प्रहरी बिटमा बुझाका थिए ।

छानबिन गर्दा व्यागमा फेला परेको कागजका आधारमा ती जाडीको पहिचन खुलेको हो । प्रहरीले अहिलेसम्म आत्माहत्याका कारण पता नलागको बताएका छन् । व्यागमा टेन्टलगायत केही बन्दोबस्तीका सामानहरु समेत रहेको प्रहरीले जनाएको छ । दुबैका घरपरिवारमा खबर गरिएकोले आफन्त नआएसम्म दुबैजनाको शव जिल्ला अस्पताल पर्वतको शवगृहमा राखिने जिल्ला प्रहरी कार्यालय पर्वतले जानकारी दिएको छ । दुबैजनाको शव पुलदेखि करिब १४० मिटर तल मोदीखोला किनारमा आइतबार बिहान ११ बजेतिर फेला परेको हो ।

संम्बधित खबर

विशेष