News

फेवातालमा जीप खस्यो, १ को मृत्यु

फेवातालमा जीप खस्यो, १ को मृत्यु


साउन १५ । कास्कीको पामेबाट पोखरा जाँदै गरेको एउटा जीप आज बिहान फेवातालमा खस्दा एक जनाको मृत्यु भएको छ ।

ग.१ य ८७९ नम्बरको पर्यटक बोक्ने जीप पोखरा–लेखनाथ महानगरपालिका–२६ सेतीबगरबाट फेवातालमा खसेर दुर्घटना भएको हो ।

दुर्घटनामा भोजपुरका रामप्रसाद राईको मृत्यु भएको छ भने अन्य ६ जना घाइते भएका छन् । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

विशेष