विदेश मुख्य समाचार

भारतमा ५६ अर्बको लागुऔषध हेरोइन सहित जहाजै बरामद

भारतमा ५६ अर्बको लागुऔषध हेरोइन सहित जहाजै बरामद


साउन १६ । भारतीय तटरक्षक अधिकारीहरुले गुजरातको समुद्री तटबाट १५ सय किलो हेरोइनको एक जहाजलाई जफत गरेको छ ।

तटरक्षक बलका अनुसार लागुऔषध एक व्यवसायीक जहाजबाट जफत गरिएको थियो । यसको मूल्य ३५ सय करोड भारतीय रुपैयाँ भएको बताइएको छ ।

भारतीय जलसेनाका प्रवक्ता डि के शर्माले हालसम्म जफत गरिएको सबैभन्दा ठूलो परिमाणको लागुऔषध हो । उक्त जहाजलाई पोरबन्दर लगिएको छ ।  अफगानिस्तानसँग नजिक भएको कारण भारत लागुऔषध तस्करीको मार्ग बन्दै आएको छ ।

अफगानिस्तान विश्वमा सबैभन्दा बढी अफिम उत्पादन गर्ने देश हो । यसको प्रयोग हेरोइन बनाउन गरिन्छ । संयुक्त राष्ट्रसंघका अनुसार अफगानिस्तानबाट हुने हेरोइनको तस्करीको ठूलो हिस्सा हिन्द महासागरबाट हुँदै अफ्रिकासम्म पुग्ने गर्छ ।

विशेष