News

सडकको खाल्डा पुर्ने काम 'झारा टार्ने' शैलीको मात्र

सडकको खाल्डा पुर्ने काम 'झारा टार्ने' शैलीको मात्र

साउन १६ । प्रधानमन्त्री शेरबहादुर देउवाले राजधानीका सडकका खाल्डा पुर्न निर्देशन दिएको १५ दिने समयसीमा सकिए पनि सडकको अवस्थामा खासै सुधार देखिएको छैन ।

सडकका भ्वाङ पुर्ने जिम्मा पाएका सरकारी अधिकारीले आफ्नो जिम्मेवारी निर्वाह गर्न त परै जाओस्, अहिलेसम्म गरेको कार्य प्रगति विवरण दिनसमेत अटेरी गरेका छन्। अहिले उपत्यकाका मुख्य सडकखण्डमा उस्तै जोखिमपूर्ण खाल्डा छन्। बितेको १५ दिनमा कतैकतै खाल्डा पुर्ने काम सुरु भए पनि त्यो झारा टार्नेु शैलीको देखिन्छ।

प्रधानमन्त्री कार्यालयका सचिव चन्द्र घिमिरेले सडक विभाग, आयोजना कार्यान्वयन निर्देशनालय पिआइडी, खानेपानी तथा सरसफाइ मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलगायत निकायले मिलेर काम नगर्दा १५ दिनमा सबै तिरका खाल्डा पुरिनसकेको बताए । १५ दिनमा यति काम हुनुलाई नराम्रो भन्न मिल्दैन, उनले भने, धेरै किसिमका व्यवधानले गर्दा सडकका सबै खाल्डा पुर्न सकिएन ।


नागरिक

विशेष