News

छोरा साउदीको जेलमा, ७० वर्षे बाबुको शिक्षक बन्ने धोको

छोरा साउदीको जेलमा, ७० वर्षे बाबुको शिक्षक बन्ने धोको


साउन १६ । उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महरासँग सत्तरी वर्षीय विद्यार्थी दुर्गे कामीले भेटी उच्च शिक्षा अध्ययनका लागि वातावरण मिलाई दिन अनुरोध गरेका छन् ।

परराष्ट्र मन्त्रालायमा आज मन्त्री महरालाई भेटी कामीले एसइई परीक्षा पास गरेकाले थप अध्ययनका लागि सहयोग गरिदिन आग्रह गरेका हुन् ।  स्याङ्जाको कालाभैरव माविबाट एसइई परीक्षा उत्तिर्ण गर्नुभएका कामीले मन्त्री महरासँग भने, “मलाई ११÷१२ कक्षा पढ्ने इच्छा छ, यसका लागि सहयोग गरिदिनुप¥यो” आफू सानो छँदा विद्यालय जान नपाएको गुनासो सुनाए ।

जवाफमा मन्त्री महराले शिक्षाप्रतिको आकांक्षालाई सम्बोधन गर्न अध्ययनका लागि आवश्यक वातावरण मिलाउन पहल गर्ने बताए । एसइई परीक्षा उत्तीर्ण गर्नुभएकामा कामीलाई मन्त्री महराले बधाईसमेत दिए ।

कामी ६ जनाका पिता तथा आठ जनाका हजुरबुबा छन् । उनकोे आकांक्षा शिक्षक बन्ने छ । सोही अवसरमा कामीले आफ्नो छोरा नरेन्द्र साउदीको जेलमा रहेको जानकारी गराउँदै नेपाल फिर्ता ल्याउन पहल गरिदिन पनि अनुरोध गरे । वैदेशिक रोजगारीको सिलसिलामा साउदी गएका छोरा विगत तीन वर्षदेखि जेलमा रहेको बताए ।

“के कारणले छोरा जेलमा परेको हो, थाहा छैन,” कामीले भने । मन्त्री महराले नरेन्द्रको अवस्थाबारे जानकारी लिने र नेपाल ल्याउन पहल गर्ने जवाफ दिए ।

विशेष