विदेश

दक्षिण जर्मनी: बसमा आगो लाग्दा १८ को मृत्यु, ३० गम्भीर घाइते

दक्षिण जर्मनी: बसमा आगो लाग्दा १८ को मृत्यु, ३० गम्भीर घाइते

 

असार - १९ । जर्मनीमा सोमबार पर्यटक चढेको बस र ट्रक एकआपसमा ठक्कर खाँदा कम्तिमा १८ जनाको मृत्यु भएको जर्मन प्रहरीले ट्वीटर गरी जनाएको छ । 

प्रहरीको प्रारम्भिक रिपोर्टमा बस र ट्रक जुधेपछि बसमा आगो लाग्दा भएको दुखद् घटनामा कम्तिमा १८ जनाको मृत्यु भएको छ भने ३० जना गम्भीर घाइते भएका बताइएको छ । 

प्रहरी प्रवक्ताले जर्मनीको साचसेन राज्यबाट मुएन्चवर्गको बभारिएनतर्फ आइरहेको बस दुर्घटना भएको जनाएका छन् । बसको अन्तिम कहाँका लागि थियो र पर्यटक कुन ठाँउका थिए भन्ने समाचार तयारपार्दासम्म खुल्न नसकेको प्रहरीले जनाएको छ ।

विशेष