विदेश

भ्लादिमिर पुटिनको विश्व हल्लाउने निर्णय : एकै पटक ७५५ अमेरिकी कुटनीतिज्ञलाई रुस छाड्न दिए आदेश

भ्लादिमिर पुटिनको विश्व हल्लाउने निर्णय : एकै पटक ७५५ अमेरिकी कुटनीतिज्ञलाई रुस छाड्न दिए आदेश

साउन १६ । अमेरिका र रुसबीचको सम्बन्ध चिसिँदै गरेको बेला रुसले साढे सात सयभन्दा बढी अमेरिकी कुटनीतिज्ञ र कर्मचारीलाई रुस छाड्न आदेश दिएको छ । अमेरिकाले रुसमाथि प्रतिबन्ध लगाउने तयारी गरेपछि रुसले जवाफीस्वरुप यो कदम चालेको हो ।

अमेरिकाको पछिल्लो कदम मस्कोविरुद्द नयाँ प्रतिबन्ध लगाउनेप्रति असन्तुष्ट रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले ७ सय ५५ जना अमेरिकी कुटनीतिज्ञ र कर्मचारीलाई मुलुक छोड्न आदेश दिएको बीबीसीले जनाएको छ । विश्वको आधुनिक इतिहासमा कुनै पनि देशले यति ठूलो संख्यामा कुटनीतिक कर्मचारी निश्कासन गरेको यो पहिलो घटना हो ।

रुसमा कुटनीतिक स्तरमा रहेर काम गर्ने कर्मचारीको संख्या अब ४ सय ५५ मात्र रहने बीबीसीले उल्लेख गरेको छ । निश्कासन हुने समूहमा अमेरिका मिसनका लागि काम गर्ने रुसी कर्मचारी पनि रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
अमेरिकाले भने रुसको यो कदम आपत्तिजनक भएको प्रतिक्रिया दिएको छ ।

 

विशेष