News

बर्दघाटमा एमाले विजयी

बर्दघाटमा एमाले विजयी

असार २० । बर्दघाट नगरपालिकामा नेकपा एमाले विजयी भएको छ ।

प्रमुख पदमा एमालेका धीरज शर्मा बस्याल १२ हजार ८१४ मत प्राप्त गरी विजयी बनेका छन्। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका विश्वप्रेम पाठकले ११ हजार ७७४ मत प्राप्त गरेका छन् ।

यसैगरी उपप्रमुखमा पनि १२ हजार ८९७ मत प्राप्त गरी एमालेकी मायादेवी पौडेल विजयी बनेका छन्। उनका निकटतम प्रतिद्वन्द्वी काँग्रेसकी रमिताकुमारी चौधरीले ११ हजार ५७४ मत प्राप्त गरेका छन् ।

विशेष