विदेश

‘आतङ्कवाद’लाई दिएको सहयोग अन्त्य गर्न कतार अनिच्छुकः यूएई

‘आतङ्कवाद’लाई दिएको सहयोग अन्त्य गर्न कतार अनिच्छुकः यूएई

 

असार - २० । संयुक्त अरब इमिरेट्स (यूएई) का विदेश मन्त्री शेख अब्दुल्लाह बिन जायदले खाडी मुलुक कतारले आतङ्कवादलाई सहयोग गर्ने आफ्नो पुरानो नीतिमा परिवर्तन गर्न अनिच्छुक देखिएको मङ्गलबार बताएका छन् ।

यूएईका उच्च कूटनीतिज्ञ शेख अब्दुल्लाहले राजधानी आबुधाबीमा एक पत्रकार सम्मेलन गर्दै कतार आफ्नो पुरानो अडानबाट पछि हट्न अनिच्छुक देखिएको बताएको यूएईको ‘द नेसनल’ दैनिक पत्रिकाले बताएको छ ।

कतारका विदेशमन्त्रीले साउदी अरेबियासहितका खाडी मुलुकले अघि सारेका मागहरुबारे आफ्नो अडानसहित सोमबार कुवेत अाएका छन्। उक्त अवसरमा साउदी नेतृत्वमा खाडीका चार मुलुक यूएई, साउदी अरब, बहराइन र इजिप्टले राखेका अलजजिरा टेलिभिजन सेवा बन्द गर्ने, कतारमा टर्कीको सैनिक शिविर उपस्थिति र इरानसँगको सम्बन्ध तोड्नुपर्नेलगायतका १३ विभिन्न माग कतारसँगको कूटनीतिक सम्बन्ध कामय राख्न सकिने सर्तका रुपमा अघि सारेको थियो ।

सोमबारसम्ममा कतारले मागबारे जवाफ पठाउने बताए अनुसार कतारका अमीर शेख तमिम विन हमद अलथानीले तयार पारेको कतारको आधिकारिक जवाफ लिएर कुबेतका अमीर शेख सवाह अल अहमद अल जावेरसँग भेट्न कुवेत पुगेका थिए ।

खाडी संकटबारे कुवेतका अमिरले मध्यस्थता गर्दै आएका छन् । यद्यपि उचित शर्तहरु भए संवादमा सहभागी हुन कतार तयार रहेको कतारी सरकारले बताउदै आएको छ ।

गत जुन महिनामा साउदी अरव, बहराइन, संयुक्त अरब एमिरेट्स र इजिप्ट लगायतका मुलुकले कतारसँग कूटनीतिक सम्बन्ध विच्छेद गरेका थिए । कतारसँग सम्बन्ध विच्छेद गरेको घोषणा गर्ने बेला रियादले “राष्ट्रिय सुरक्षालाई अतिवाद र आतंकवादबाट बचाउन“ उक्त कदम चालिएको बताएको थियो ।

यसैवीच, छ अरब राष्ट्रका विदेशमन्त्रीहरू कतारसँगको विवादका विषयमा कुरा गर्न बुधबार इजिप्टको राजधानी काएरोमा भेट्ने कार्यक्रम भएको इजिप्टको विदेश मन्त्रालयका प्रवक्ताले बताए।

उक्त अवसरमा साउदी नेतृत्वमा खाडीका चार मुलुक यूएई, साउदी अरब, बहराइन र इजिप्टले राखेका अलजजिरा टेलिभिजन सेवा बन्द गर्ने, कतारमा टर्कीको सैनिक शिविर उपस्थिति र इरानसँगको सम्बन्ध तोड्नुपर्नेलगायतका १३ विभिन्न माग कतारसँगको कूटनीतिक सम्बन्ध कामय राख्न सकिने सर्तका रुपमा अघि सारेका छन् ।

कतारसँग मध्यस्थता गरिरहेको यूएईद्वारा मागबारे कुनै प्रतिक्रिया आइसकेको छैन । साउदी अरबलगायतका चार खाडी मुलुकले यदि कतार आफ्ना मागप्रति सुधारिएर नआए कतारले थप नाकाबन्दीको सामना गर्नुपर्ने जनाएका छन् । 

विशेष