News

आजदेखि नेपाली आकाशको अडिट हुँदै

आजदेखि नेपाली आकाशको अडिट हुँदै

असार २० । नेपालले हवाई सुरक्षाको क्षेत्रमा पछिल्लो समय उल्लेख्य सुधार गरेको दाबी गरिरहेका बेला अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन ९आइकाओ० ले बृहत् अध्ययन तथा मूल्यांकन ९अडिट० गर्ने भएको छ ।


आएकाओको दुई सदस्यीय टोलीले मंगलबार आज देखि नेपाली आकाशको अडिट सुरु गर्ने छ । टोलीले मंगलबारदेखि असार २७ सम्म नागरिक उड्डयन प्राधिकरणसहित केही एयरलाइन्सहरुको अडिट गर्ने कार्यक्रम छ ।

आइकाओका क्याप्टेन भोउड्री युजेनी र एरोनटिकल इञ्जिनियर एडमण्ड बोहल्याण्ड अडिटका लागि नेपाल आएको नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता विरेन्द्र श्रेष्ठले जानकारी दिए । पछिल्ला केही वर्षदेखि आइकाओले नेपाललाई ‘सिग्निफिकेन्ट सेफ्टी कन्सर्न’ एसएससी सूचिमा राखेको छ ।

नेपाल आएको टोलीको अडिटपछि एसएससी हट्यो भने प्राधिकरणले युरोपेली आयोगलाई उनीहरुको ‘हवाई सुरक्षा सूची’ बाट नेपाललाई हटाउन आग्रह गर्नेछ । –कारोबार

विशेष