News मुख्य समाचार

चितवनमा बस दुर्घटना, २ जनाको मृत्यु चारको अवस्था गम्भिर

चितवनमा बस दुर्घटना, २ जनाको मृत्यु चारको अवस्था गम्भिर


असार २० । चितवनको ईच्छाकामना गाँउपालिका ३ चुम्लिङ्गटारमा आज बिहान पौने ३ बजे ना ६ ख २४६८ नम्बरको यात्रुबाहक बस अनियन्त्रीत भई दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन्

। मृत्यु हुनेमा केन्द्रिय प्रहरी विषेश कार्यदलमा कार्यरत प्रहरी जवान राज कुमार थारु र उनकी २ महिने छोरी रहेका छन् । दुर्घटनामा गम्भीर घाईते भएका बाबुछोरीको उपचारको क्रममा गजुरी अस्पतालमा मृत्यु भएको हो ।

दुर्घटनामा घाइते भएका अन्य ५ लाई उपचारको लागी पोखरा पठाइएको छ । घाइते मध्ये ४ जनाको अवस्था चिन्ताजनक रहेको इलाका प्रहरी कार्यालय मुग्लिङका प्रहरी नायव निरिक्षक नविन झा जानकारी दिए ।

विशेष