News

आज हरिशयनी एकादशी अर्थात तुलसी रोप्ने दिन

आज हरिशयनी एकादशी अर्थात तुलसी रोप्ने दिन


आज हरिशयनी एकादशी । अर्थात तुलसी रोप्ने एकादशी । आजको दिन हरेक हिन्दु धर्मावलम्बीले आआफ्नो घरमा मठ र गमलामा तुलसी रोप्ने गर्छन ।

तुलसीलाई भगवान विष्णुको बनस्पति अवतारका रुपमा पनि बुझिन्छ । तुलसी धार्मिक रुपमामात्र नभै जडिबुटीका रुपमा पनि प्रयोग गरिन्छ । आयुर्वेदमा तुलसीलाई एक बहुउपयोगी औषधि मानिन्छ जति यसको धार्मिक महत्व छ ।

गुणै गुणले भरिएको तुलसीलाई पुजा गर्नुदेखि लिएर आफूलाई स्वस्थ राख्नलाई हामीले यसको प्रयोग गर्ने गरेका हुन्छौँ । तुलसीले जाडो मौसममा मात्रै होइन गर्मीको समयमा हुने विभिन्न संक्रमणबाट पनि हामीलाई जोगाउँछ ।

विशेष