News

विनियोजन विधेयकमाथिको छलफल जारी

विनियोजन विधेयकमाथिको छलफल जारी

 

असार - २१ । व्यवस्थापिका–संसदमा विनियोजन विधेयक, २०७४ को विभिन्न शीर्षकमाथिको छलफल जारी छ ।

आजको बैठकमा परराष्ट्र, सङ्घीय मामिला तथा स्थानीय विकास, आपूर्ति, उद्योग, ऊर्जा, कृषि विकास र खानेपानी तथा सरसफाइ मन्त्रालय शीर्षकमाथिको छलफलमा सांसदहरुले भाग लिएका थिए।

छलफलमा हितराज पाण्डे, लालबाबुप्रसाद यादव, दिलमान पाख्रिन, सोमप्रसाद पाण्डे, जमिन्द्रमान घले, सीता नेपाली, रञ्जीत कर्ण, आनन्दप्रसाद पोखरेल, टुकराज सिग्देल, चन्द्र महर्जन, राजेन्द्रकुमार केसीलगायतले भाग लिएका थिए।

उनीहरुले वैदेशिक रोजगारीमा जाने प्रवृत्तिलाई रोक्न कृषिलाई आधुनिकीकरण गर्नु जरुरी रहेको आवश्यकता औँल्याउँदै पूर्वाधार र विकास निर्माणका कार्यमा सबै दलबीच राजनीतिक सहमति हुनुपर्ने धारणा राखेका थिए ।

बैठकमा सांसदहरुले मुुलुकभर बाढी पहिरोबाट पीडित जनताको उद्धार र राहतका लागि तत्काल उचित व्यवस्था गर्न सरकारसँग माग गरेका थिए । संसदको अर्को बैठक असार २२ गते बिहान ११ बजे बस्नेछ । 

विशेष