News

सर्वोच्चको मुख्य रजिष्ट्रारमा नहकुल सुवेदी

सर्वोच्चको मुख्य रजिष्ट्रारमा  नहकुल सुवेदी


असार २२ । सरकारले न्यायपरिषदका सचिव नकुल सुवेदीलाई सर्वोच्च अदालतको मुख्य रजिष्ट्रारमा बढुवा गरेको छ ।

आज बसेको मन्त्रिपरिषद बैठकले न्यायपरिषदका सचिव सुवेदीलाई सर्वोच्च अदालतको मुख्य रजिष्ट्रारमा बढुवा गर्ने निर्णय गरेको बैठकपछि सकारका प्रवक्ता एवं अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताए ।

बैठकले नेपाल र अष्ट्रेलिया सरकारबीच दुई पक्षीय परामर्श संयन्त्र स्थापना गर्ने समझदारी पत्रमा हस्ताक्षर गर्ने अख्तियारी परराष्ट्र सचिव शंकरदास बैरागीलाई दिने निर्णय पनि गरेको छ ।

सरकारले चीन सरकारसँग उद्योग दर्ता र बजारीकरणसम्बन्धि समझदारी गर्ने अख्तियारी उद्योग सचिव शंकरप्रसाद कोइरालालाई दिएको छ । नेपालको उत्पादनलाई चीनको बजारमा सहज पहुँच पु¥याउने गरी नेपाल र चीनबीच उद्योग दर्ता र बजारीकरणसम्बन्धि समझदारी गर्न लागिएको हो ।

समझदारीमा चीनले नेपालको उद्योग क्षेत्रको विकासमा आवश्यक लगानी र प्रविधि भित्रयाउने प्रतिवद्धता पनि व्यक्त गरिएको उद्योग मन्त्रालयले जनाएको

विशेष