News

उपभोक्ताद्वारा विद्युत् महशुल बहिष्कार 

उपभोक्ताद्वारा विद्युत् महशुल बहिष्कार 

असार - २२ । विद्युत् अनियमितता बढेपछि उत्तरी लमजुङका उपभोक्ताले विद्युत् महशुल बहिष्कार गरेका छन् । मस्र्याङ्दी गाउँपालिकाका उपभोक्ताले विद्युत् अनियमितता भएको भन्दै विद्युत् महशुल नतिर्ने बताएका छन् । 

उपभोक्ताले विद्युत् महशुल सङ्कलन गर्न आएका लमजुङ विद्युत् उपभोक्ता संस्थाका कर्मचारीलाई महशुल नबुझाई फिर्ता पठाएका छन् । विद्युत् अनियमितताबारे उपभोक्ता संस्थामा धेरैपटक कुरा राख्दा पनि सुनुवाइ नभएपछि बाध्य भएर यस्तो निर्णय गर्नु परेको मस्र्याङ्दी गाउँपालिका–२ का वडाध्यक्ष चेतबहादुर गुरुङले बताए । 

माथिल्लो मस्र्याङ्दी–ए आयोजनाबाट ५० मेगावाट, सिउरीखोलाबाट पाँच, खुदीखोलाबाट चार, राँधीखोलाबाट ४.४ तथा स्याँगेखोलाबाट एक मेगावाट विद्युत् उत्पादन हुँदै आएको छ ।

विशेष