विदेश

दक्षिणी जापानमा भीषण बाढी, दुईको मृत्यु १८ बेपत्ता

दक्षिणी जापानमा भीषण बाढी, दुईको मृत्यु १८ बेपत्ता

 

असार - २२ । दक्षिणी जापानमा भीषण बाढी आएको समाचार छ । सो बाढीमा परी कम्तीमा दुई व्यक्तिको मृत्यु भएको छ ।

साथै सो बाढीमा परी अन्य १८ जना बेपत्ता भएका जनाइएको छ । साथै यस बाढीका कारण लाखौँ व्यक्ति आफ्नो बासस्थनाबाट भागेका अधिकारीहरुले बिहीबार जानकारी दिएका छन् । अविरल वर्षाको कारण नदीहरुमा पानीको बहाब बढ्दा बाढी आएको हो । हजारौँ सैनिक र उद्धारकर्तालाई उद्वारका लागि खटाइएको थियो ।

उद्वारका लागि खटेका व्यक्तिको पनि सञ्चार माध्यमसँग सम्बन्ध विच्छेद भएको अधिकारीले जनाएका छन् । ‘हामी हाल अत्यन्त गम्भीर अवस्थामा छौँ’ उपप्रधानमन्त्री तारो आसोले भने । उनले अझै पनि कैयौँ व्यक्ति हराएका छन् र नजिकैका पहाडमा पहिरो जानसक्नेजस्तो देखिएको बताए।

पहाडी इलाकाहरु भत्किरहेका र डरलागदो अवस्था रहेको चेतावनी पनि उनले दिएका छन् । अझै पनि कैयौँ व्यक्ति वेपत्ता रहेको भन्दै उनले उद्वारकार्यमा पनि अत्यन्तै समस्या उत्पन्न भएको समेत जानकारी दिए । गएको गत १२ घन्टायतादेखि दक्षिणीपश्चिमी जापानको चार वटा द्वीपमा रहेको क्युसुमा ५० सेन्टिमिटर भन्दाबढी वर्षा भएको त्यहाँको जलवायु विज्ञान विभागले जानकारी दिएको छ ।

बुधबार दिउँसोदेखि निरन्तर रहेको अविरल वर्षा शुक्रबारसम्म जारी रहने सो विभागले जानकारी दिएको छ । क्युसुको प्रभावित इलाकामा सात हजार पाँच सय प्रहरी र सैनिक उद्वारकर्ताको सहभागिता रहेको मन्त्रिपरिषदका प्रमुख प्रवक्ता योसिहिदे सुगाले बताए । 

विशेष