विदेश

संसद भवन भित्रै कुटिए सांसद

संसद भवन भित्रै कुटिए सांसद


असार २२ । भेनेजुएलामा विपक्षीहरुको बहुमत रहेको राष्ट्रिय सभामा प्रदर्शनकारी प्रवेश गरेर सासंदमाथि कुटपिट गरेका छन् ।

स्वतन्त्रता दिवसको मिति घोषणा गर्ने सन्दर्भमा भैरहेको बैठकको बीचमा एक सय भन्दा बढी प्रदर्शनकारी संसदभित्र प्रवेश गरी अन्धाधुन्ध आक्रमण गरेका थिए ।

१०८ पत्रकार, विद्यार्थी र अवलोकनकर्ता समेत प्रदर्शनकारीको घेराबन्दीमा परेको जनाइएको छ । प्रदर्शनकारीले गरेको कुटपिमा परी आधा दर्जन सांसद घाईते भएको बीबीसीले जनाएको छ ।

केही प्रदर्शनकारीले बन्दुक समेत बोकेको अन्तर्रा्ष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । भेनेजुएला सरकारले घटनाको अनुसन्धान गर्ने बताएको छ ।

विशेष