News मुख्य समाचार

के होला भरतपुरको विवाद, आज सर्वोच्चमा सुनुवाई

के होला भरतपुरको विवाद, आज सर्वोच्चमा सुनुवाई


असार २३ । भरतपुर महानगरपालिकाको १९ नम्बर वडामा पुनः मतदान गराउने निर्वाचन आयोगको निर्णय विरुद्ध परेको मुद्दामा आज सर्वोच्च अदालतमा सुनुवाई हुँदैछ ।

न्यायाधीशद्वय मीरा खड्का र अनिलकुमार सिन्हको इजालशमा रहेको मुद्दामा आज १९ नम्बर वडाको मतगणनाका क्रममा च्यातिएका ९० थान मतपत्र पनि पेश हुँदैछन् ।

महानगरपालिकाका २९ वडामध्ये २७ वटा वडाको मतगणना सम्पन्न भइसकेर वडा नम्बर १९ को मतगणना पनि अन्तिम अवस्थामा पुगेका बेला १४ जेठ राति माओवादी केन्द्रका कार्यकर्ताले मतपत्र च्यातेपछि मतगणना स्थगित भएको थियो ।

मतपत्र च्यातिएपछि निर्वाचन आयोगले उक्त वडामा पुनः मतदानको निर्णय गरेको थियो । आयोगको उक्त निर्णयविरुद्ध गुन्जमान बिकले सर्वोच्चमा रिट दायर गरेका थिए ।

भरतपुर– १९ मा पुनः मतदान गर्ने आयोगको निर्णय सदर गर्ने वा रोकिएको मतगणना पुनः सुचारु गर्ने भन्नेबारेमा सम्भवतः आजै सर्वोच्चले फैसला गर्नेछ ।

विशेष