News मुख्य समाचार

बाढी पीडितलाई तत्काल २५ हजार उपलब्ध गराउने प्रधानमन्त्रीको घोषणा

बाढी पीडितलाई तत्काल २५ हजार उपलब्ध गराउने प्रधानमन्त्रीको घोषणा


असार २३ । प्रधानमन्त्री शेरबहादुर देउवाले सप्तरीका बाढी विस्थापित परिवारलाई जनही २५ हजार रुपैया दिने घोषणा गरेका छन् ।

गृहमन्त्रीसहितको टोली लिएर सप्तरी पुगेका प्रधानमन्त्री देउवाले भेडियामा आयोजित कार्यक्रममा उक्त रकम दिने घोषणा गरेका हुन् । कार्यक्रममा गृहमन्त्री जनार्दन शर्माले बाढी प्रभावित क्षेत्रमा तत्काल स्वास्थ्य शिविर सञ्चालन गर्न जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएका छन् ।

प्रधानमन्त्रीले घर निर्माण लागि विस्थापित परिवारलाई १५ लाखसम्मको सहुलियत ऋण उपलब्ध गराउनेसमेत वाचा गरे । उनले बाढी नियन्त्रणका योजनामा अनियमितता अनुसन्धान गर्न संसदीय समिति गठन गर्ने आश्वासन पनि दिए ।

कार्यक्रममा गृहमन्त्री जनार्दन शर्माले बाढी प्रभावित क्षेत्रमा तत्काल स्वास्थ्य शिविर सञ्चालन गर्न जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएका छन्। उनले खान र बस्न व्यवस्था मिलाउन पनि प्रशासनलाई निर्देशन दिएका छन् ।

विशेष