News राजनीति मुख्य समाचार

यस्तो छ पछिल्लो मत परिणाम एमाले पहिलो, काँग्रेस पछ्याउँदै

यस्तो छ पछिल्लो मत परिणाम एमाले पहिलो, काँग्रेस पछ्याउँदै


असार २३ । स्थानीय तहको दोस्रो चरणको निर्वाचनको मतपरिणाम आउने क्रम अब अन्तिम चरणमा पुगेको छ ।

असार १४ गते भएको दोस्रो चरणको परिणाम अनुसरा नेकपा एमालेले १ सय ४६ स्थानमा विजय हाँसिल गरेर पहिलो स्थानमा रहेको छ भने एमालेलाई पछ्याइरहेको नेपाली कांग्रेस १ सय १७ स्थानमा विजयी बन्दै दोस्रो स्थानमा रहेको छ । माओवादी केन्द्रले ३८ स्थानमा जीत दर्ता गरेको छ भने संघिय समाजवादी फोरमले ८ स्थानमा विजयी बन्दै चौथो शक्तिको रुपमा आफूलाई स्थापित गरेको छ ।

६ स्थानमा जितेको फोरम लोकतान्त्रिक भने पाँचौ शक्ति बनेको छ । ४ स्थानमा जितेको राप्रापा छैठौं शक्ति बनेको छ । त्यस्तै राष्ट्रिय जनमोर्चाले २ स्थानमा आफूलाई सुरक्षित गरेको छ भने स्वतन्त्र तीन स्थानमा विजयी भएका छन् । अब ३ सय ३४ स्थान मध्ये बाँकी ९ स्थानको मात्र मतपरिणम आउन बाँकी रहेको छ ।

विशेष