विदेश

यस कारण लालुप्रसादको घरमा सीबीअार्इको छापा, लालु भने सीबीआईकै अदालतमा उपस्थित हुन राँची

यस कारण लालुप्रसादको घरमा सीबीअार्इको छापा, लालु भने सीबीआईकै अदालतमा उपस्थित हुन राँची

असार – २३ । राष्ट्रिय जनता दलका प्रमुख तथा विहार राज्यका पूर्व मुख्यमन्त्री लालुप्रसाद यादवको घरमा भारतको केन्द्रीय अनुसन्धान व्यूरो (सीबीआई)ले छापा मारेका छ । यादवको घरमा छापा मार्दा उनी पटनास्थित घरमा नरहेको र सीबीआईकै अदालतमा उपस्थित हुन राँची गएका थिए ।

यादवको पटना, दिल्ली, हरियाणाको गुडगाउँ, उडिसाको पुरी र झारखण्डको राँचीमा रहेका यादव परिवारको घर तथा सम्पत्तिमा शुक्रबार बिहान छापा मारेका भारतीय संचार माध्यमले जनाएका छन् । नेता यादव केन्द्रीय रेल मन्त्री हुँदा होटल मर्मतका लागि दिएको टेन्डरमा घोटाला भएको भन्दै अनुसन्धान गरिरहेको सीबीआईले छापा मारेको हो ।

लालुले स्टेसनसँगै रहेका भारतीय रेल्वेका होटलहरूको मर्मत र सञ्चालनका लागि दिएको टेन्डरमा पनि घोटाला गरेको आरोप लागेको थियो । यादवमाथि गाईबस्तुको दाना सम्बन्धी अर्को भ्रष्टाचार मुद्दामा पनि छानविन भइरहेको छ । यादव, उनकी पत्नी रावडी देवी र बिहारका अहिलेका उपमूख्यमन्त्री तेजस्वीविरूद्ध अभियोग लागेको छ ।

विशेष