सिफारिसबिना आयातनिर्यातको स्वीकृति नदिन आग्रह
असार - २३ । नेपाल कवाडी सङ्घले वाणिज्य विभागको अनुमति र सङ्घको सिफारिसबिना कवाडी सामान आयातनिर्यातको स्वीकृति नदिनका लागि सरकारसँग आग्रह गरेको छ ।
सङ्घका संस्थापक अध्यक्ष पञ्च तामाङ लामाले गृह र अर्थ मन्त्रालयलाई त्यस्तो आशयको अनुरोध गर्दै अनधिकृत रुपमा कवाडी सामानको आयातनिर्यातमा रोक लगाउन आग्रह गरेको हो ।
आफ्ना सदस्यबाट प्राप्त सेवा शुल्क रकमको २५ प्रतिशत राज्य कोषमा दाखिला गर्दै आएको र अवैध ढङ्गले कवाडीको कारोबार गर्नेको पहिचान गरी तिनलाई राजस्वको दायरामा समाहित गर्ने प्रयासमा निरन्तर लागिरेको सङ्घले गृह र अर्थ मन्त्रालयलाई जानकारीपत्र बुझाएको हो ।
झन्डै तीन दशकदेखि कवाडी सामान आयातनिर्यातमा संलग्न सङ्घले संस्थाको सदस्यता नलिई कारोबार नगर्न र राजस्व छलीमा नलाग्न सम्बद्ध सबैमा अनुरोध गरेको छ ।