विदेश

ट्रम्प–पुटिनवीच जि–२० सम्मेलनको पूर्वसन्ध्यामा जर्मनीमा संक्षिप्त भेट

ट्रम्प–पुटिनवीच जि–२० सम्मेलनको पूर्वसन्ध्यामा जर्मनीमा संक्षिप्त भेट

 

असार - २३ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रसियाली राष्ट्रपति भ्लादिमिर पुटिनबीच जर्मनीको ह्यामवर्गमा जी–२० सम्मेलनको शिलशिलामा शुक्रबार भेट भएको छ । दुई विश्व नेताबीच भेट हुने कुरालाई लिएर विगत केही समय यता व्यापक चर्चा एवम् प्रतिक्षा गरिएको थियो ।

विश्वकै ध्यान खिचेको उनीहरूको पहिलो भेटमा दुई नेताले हात मिलाएका र केही शब्दको आदान प्रदान गरेका विभिन्न सञ्चारमाध्यमले बताएका छन् ।
विश्वका यी दुई शक्तिशाली नेतावीच हुने भनिएको सिरिया द्वन्द्व र यूक्रेनमा रसियाको उक्साहट लगायतका बिषयमा हुने भनिएको गम्भीर वार्ता भने अमेरिकी राष्ट्रपतीय निर्वाचन अभियानमा मस्कोद्वारा सहकार्य भएको थियो वा थिएन भनी भइरहेको अमेरिकी अनुसन्धानका कारण छाँयामा पर्नसक्नेछ ।

अमेरिकी राष्ट्रपति ट्रम्पले जी–२० सम्मेलनमा सहभागी हुन जर्मनी जाने क्रममा पोल्यान्डको भ्रमण गरेका थियो र यहाँको वार्सा शहरमा दिएको सम्बोधनमा उनले रसियाका कारण यूक्रेनमा अस्थिरता उत्पन्न भएको जनाउदै यूक्रेन लगायत अन्य ठाउमा विद्रोहीलाई सघाउने सवै गतिविधिलाई अन्त्य गर्दै विश्व समुदायलाई सघाउन पहल गर्न मस्कोलाई आग्रह गरेका थिए।

तर दुई नेता जर्मनीमा रहिरहँदा वासिङ्टन र मस्को दुवैको ध्यान भने के अमेरिकी राष्ट्रपति ट्रम्पले अमेरिकी निर्वाचनमा भएको भनिएको ‘हस्तक्षेप’बारे चर्चा गर्नुहुनेछ भन्नेतिर केन्द्रित बनेको छ । शुक्रबार दुई नेताबीच जर्मनीमा संक्षिप्त भेटहुनुपूर्व गरेको ट्वीट सन्देशमा ‘छलफल गर्न धेरै बिषय रहेको’ जनाएका थिए ।

पोल्यान्डमा बिहीबार भएको सञ्चारकर्मीसँगको कुराकानीमा ट्रम्पले अमेरिकी बहुसङ्ख्यक गुप्तचर निकायले सन् २०१६ को निर्वाचनमा रसियाले घुसपैठ वा हस्तक्षेप गरेको भनी निकालेको निष्कर्षलाई भने फेरि एकपटक नकारेका थिए । यस सम्बन्धमा ट्रम्पले यो रसिया हुन पनि सक्छ तर अन्य मुलुकले घुसपैठ गरेका पनि हुनसक्छन् भनी प्रतिक्रिया दिएका थिए । “साँच्चै कसैले पनि निश्चितरूपमा थाहा पाएको छैन,” ट्रम्पले भने ।

अमेरिकी सांसद तथा केन्द्रिय अनुसन्धानकर्ताले रसियाको सन् २०१६ को राष्ट्रपतीय निर्वाचनमा रसियाको घुसपैठ तथा ट्रम्पका निर्वाचन अभियान सहयोगी र तत्कालिन समयमा अमेरिकामा कार्यरत रसियाली कुटनीतिज्ञबीच सम्भावि सहकार्य थियोे भनी गरिएका दावीमाथि छानविन गरिरहेका छन् । यो मुद्दाले ट्रम्पले पुटिनसँग कसरी भेट वा छलफललाई अघि बढाइने भन्ने बिषयमा सुक्ष्म अवलोकन गर्ने एक पूर्व रसियाली गुप्तचर अधिकारीले बताए । उनले यस्ता भेट राम्रो तयारीकासाथ गरिनुपर्ने बताए ।

ह्वाइट हाउसले भेट र छलफलका लागि मात्र ३५ मिनेटको समय तय गरेको छ तर नेतृत्वले बिषयबस्तुलाई कति समेट्न सक्छ हेर्न भने बाँकी नै छ । एपी

विशेष