शेयर

अव सेयर कारोबार घरमै बसेर गर्न सकिने

अव सेयर कारोबार घरमै बसेर गर्न सकिने

 

असार - २३ । नेपाल स्टक एक्चेन्जले आगामी कात्तिक २१ गतेदेखि सम्पूर्ण कारोबार अनलाइन प्रणालीमा त्यो पनि घरमै नै बसेर गर्ने व्यवस्था गर्न लागेको जानकारी दिएको छ । नेप्सेले आज पत्रकार सम्मेलनको आयोजना गरेर सोको जानकारी दिएको हो ।

आफ्नो कार्यकाल सकेर बिदा हुन लाग्नुभएका नेप्सेका प्रमुख कार्यकारी अधिकृत सीताराम थपलियाले सेयर बजार पूर्णरुपमा अनलाइन प्रणालीमा लैजाने प्रक्रिया सुरु गरिएको र हाल परीक्षणमा रहेको बताए ।

नेप्सेले पूर्ण स्वचालित अनलाइन प्रणालीको स्थापनाका लागि सार्वजनिक खरिद ऐन तथा नियमावलीअनुसार वाईको कम्पनीसँग २०७२ फागुनमा सम्झौता गरेको थियो ।

प्रमुख कार्यकारी अधिकृत थपलियाले सूचीकृत धितोपत्रको कारोबार अभौतिकृत रुपमा गराउन सुरु गरेको, ग्रामीण क्षेत्रमा ब्रोकर शाखा विस्तार गरिएको र कागजी धितोपत्र कारोबारेको अन्त्यसँगै झापाको बिर्तामोड कैलालीको धनगढी बाग्लुङ र लम्जुङको बेँसीसहरसम्म लगानीकर्ताको पहुँच विस्तार गरिएको जानकारी दिए ।

विशेष