विदेश

अमेरिकी प्रथम महिला मेलानी प्रदर्शनकारीको घेराबान्दीमा

अमेरिकी प्रथम महिला मेलानी प्रदर्शनकारीको घेराबान्दीमा

 

असार - २३ । जर्मनीको हम्बर्गमा जी २० विरुद्ध प्रदर्शन गर्नेहरुले अमेरिकी प्रथम महिला मेलानी ट्रम्पलाई शुक्रबार उनको आबासगृहमै घेराबन्दीमा पारेका छन् ।
राजनीतिक नेताहरुका श्रीमतीहरुका लागि उत्तरी जर्मनीमा आयोजित छोटो एउटा कार्यक्रममा उनीहरु सहभागी भएको ट्रम्पका प्रवक्ताले जानकारी दिए ।

“हम्वर्गको प्रहरीले उहाँ बसेको आबास गृहबाट उनीहरुलाई सजिलैसँग हटाउन सकेन,” उनको प्रवक्ता स्टेफन ग्रिशामले भने । जलवायु केन्द्रमा जानुको सट्टा प्रथम महिलाहरु जलवायु बैज्ञानिकहरुको प्रस्तुतिका लागि हम्वर्ग होटल जाँदै थिए । जर्मनीको समाचार संस्था डिपिएले ४७ बर्षीया ट्रम्प शुक्रबार अन्य भ्रमणहरुमा निस्कन पाइनन् ।

प्रहरीले प्रदर्शनकारीहरुलाई हटाउनका लागि रातभरी पानीको फोहोरा र अश्रुग्यास प्रहार गरिरहेको देखिएको थियो । प्रदर्शनका क्रममा १५९ जना अधिकृतहरु र प्रदर्शनकारीहरु घाइते भएका छन् ।

प्रदर्शनकारीहरुको प्रदर्शन शुक्रबार विहानै देखि सुरु भएको थियो । कारहरुमा आगजनी गर्ने, झ्यालहरु तोडफोड गर्ने, प्रहरीको हेलिकोप्टरमा आगो फाल्ने र क्यानडाका सहभागीको कारमा धम्की दिने लगायतका कार्य प्रदर्शनकारीहरुले गरेका थिए ।

प्रदर्शनकारी र प्रहरीले कुकुर र विरालो झै लुकामारी गर्दै अवरोध तथा सुरक्षा प्रदान गर्ने काम गरिरहेका थिए र नेताहरुलाई सम्मेलन स्थलमा पुग्न रोकीरहेका थिए । शुक्रबार मात्रै सुरु भएको दुई दिने सम्मेलनका लागि झण्डै २० हजार प्रहरी अधिकृतहरु खटाइएको थियो । उनीहरुसँग हेलिकोप्टर, पानीको फोहोरा हान्ने ट्रक र निगरानी गर्ने ड्रोनहरु पनि रहेका थिए । एएफपी

विशेष