News

प्रधानमन्त्री देउवा कति भुलक्कड ! सप्तरीमा मच्चाए फेरि अर्को काण्ड

प्रधानमन्त्री देउवा कति भुलक्कड ! सप्तरीमा मच्चाए फेरि अर्को काण्ड

सप्तरीका बाढीपीडितको अवस्था बुझ्न पुगेका प्रधानमन्त्री शेरबहादुर देवाउ असान्दर्भिक वक्तव्यका कारण आलोचित हुन पुगेका छन् । बाढीपीडितको अवस्था बुझ्न दलबलसहित सप्तरीको मैनाकडेरीस्थित भेडियामा पुगेका उनले अप्रसांगिक लिखित मन्तव्य पढेका कारण अलोचित बन्न पुगेहुन् ।

बाढीपीडितको अवस्था अवलोकनगरेपछि उनले राहतको प्याकेजको घोषणा गरे । उनले बाढीबाट प्रभावित एवं पीडित परिवारलाई तत्काल राहत र खाद्यान्न सामग्री उपलब्ध गराउन सम्बन्धित निकायलाई निर्देशन दिए । घर निर्माणका लागि १५ लाखसम्म सहुलियत ऋणको व्यवस्था मिलाइने र पीडित परिवारलाई जस्तापाता उपलब्ध गराइनेसमेत आश्वासन दिएसँगै उनको प्रसंग अन्तै मोडियो ।

उनले एकाएक जल उत्पन्न प्रकोप नियन्त्रण डिभिजन कार्यालयबाट लहानमा नदी नियन्त्रणका नाममा भ्रष्टाचार भएको लिखित वक्तव्य पढेर सुनाए । ‘मोहुली र खाँडो नदीको बाढी नियन्त्रणमा विनियोजित बजेट अनियमितता गर्नेलाई कारबाही हुन्छ । त्यसका लागि संसदीय समिति गठन गरी तत्काल अनुसन्धान गर्न आग्रह गर्छु,’ सम्बोधनका क्रममा प्रधानमन्त्री देउवाले भने ।

प्रधानमन्त्रीले विना प्रसंगको मन्तव्य दिएपछि सबै अक्कनबक्क भएका थिए । उनी अक्मकिदै अगाडि बोल्दै गर्दा सप्तरीका जिल्ला विकास अधिकार कृष्णबहादुर कटुवालले ’यो त अर्कै पर्यो हजुर‘ भन्दै सम्झाएका थिए ।

पछि कुरा बुझ्ना प्रधानमन्त्री देउवालाई पूर्व सिचाईं मन्त्री उमेश यादवले जल उत्पन्न प्रखोप डिभिजन कार्यालय लाहनमा अनियमितता भएको भन्दै ज्ञापनपत्र बुझाएका रहेछन् । प्रधामन्त्रीले त्यही ज्ञापनपत्र पढेर सुनाएका रहेछन् । आफ्नो ज्ञापन पत्र र लिखित मन्तव्य छुट्याउन नसक्दा प्रधानमन्त्री देउवा फेरि आलोचित बन्न पुगेका छन् ।

विशेष