News प्रवास

गोर्खाल्याण्ड आन्दोलनको जारी बन्द निरन्तर, कसैको मृत्यु भएमा सरकार जिम्मेवार

गोर्खाल्याण्ड आन्दोलनको जारी बन्द निरन्तर, कसैको मृत्यु भएमा सरकार जिम्मेवार


असार २३ ।  दार्जीलिङको सर्बदलीय बैठकले गोर्खाल्याण्डको माग गर्दै जारी बन्दलाई निरन्तरता दिने निर्णय गरेको छ ।

साथै डुबर्स–तराई विनाको गोर्खाल्याण्ड स्वीकार्य नहुने बताएको छ । बिहीबार बसेको सर्बदयीय बैठकले आन्दोलन जारी राख्ने निर्णय गरेको हो । साथै डुबर्स–तराईमा नयाँ रणनीति बनाउने र अन्य समुदायलाई लिएर आन्दोलन गर्ने भनेको छ ।

बैठकले कालेबुङ घटना पुलिसले उत्तेजना सृजना गर्दा भएको हिंसाको निन्दा गरेको छ । साथै पश्चिम बंगाल सरकारले पहाडमा बेबी फुडहरु समेत पठाउन रोकेको भन्दै कसैको मृत्यु भएमा त्यसको जिम्मेवार सरकार हुने बताएको छ ।

विशेष