News

तीन बालबालिकाको सामूहिक हत्या रहस्यमै

तीन बालबालिकाको सामूहिक हत्या रहस्यमै

असार २३ । अरुण गाउँपालिका-१ प्याउली मरेङडाँडाका ३ बालबालिकाको एकै ठाउँ भएको हत्या अझै रहस्यमै छ ।

करिब दुई सातासम्म पनि घटनाको भित्री पाटो पहिल्याउन र दोषी पहिचान गर्न नसकिएपछि स्थानीय जनजीवन भयभीत बन्दै गएको छ । असार १० गते साँझ अचानक हराएका अरुण ३ का १६ वर्षीय रञ्जीव सापकोटा, १४ वर्षीया सुष्मा फुयाल र ८ वर्षका प्रदीप फुयाल असार १२ गते बिहान साढे ७ बजे स्थानीय तोरन कार्कीको माछापोखरीमा डुबेको अवस्थामा मृत फेला परेका थिए । सुष्मा र प्रदीप दिदीभाइ हुन् । रञ्जीव उनीहरुका छिमेकी हुन् ।

शव फेला परेको माछापोखरी उनीहरुको घरबाट डेढ सय मिटरजति दूरीमा पर्छ। पूर्वाञ्चल क्षेत्रीय प्रहरीकै सक्रियतामा अनुसन्धान जारी रहे पनि निचोडमा पुग्न नसकिएको प्रहरीले जनाएको छ ।

विरलै देखिने आपराधिक घटना भोगेको प्याउली बजार र आसपासका बासिन्दा शोकमा डुबेका छन्। परिवार र आफन्तका आँसु अझै ओभाएका छैनन्। उनीहरुमा उत्तिकै त्रास छ।

कान्तिपुर 

विशेष