News

भक्तपुरको गठ्ठाघरदेखि काठमाडौंको कोटेश्वर अाइपुग्न दुई घण्टा

भक्तपुरको गठ्ठाघरदेखि काठमाडौंको कोटेश्वर अाइपुग्न दुई घण्टा

असार २३ ।  भक्तपुर नगरपालिका गपलीकी रश्मी लामा महिना दिनअघि सडक दुर्घटनामा घाइते भइन्।

१५ दिन वीर अस्पतालस्थित ट्रमा सेण्टरमा भर्ना भई उपचार गरेर फर्कीएकी रश्मी नियमित जाँचका लागि अस्पताल जानुपर्नेथियो। उनी बिहीबार दिउँसो साढे २ बजे सूर्यविनायकबाट बस चढिन्।

‘४ बजे अस्पताल पुग्नुपर्ने ढिला भइसक्यो,’ साँझ ५ बजे कोटेश्वरमा भेटिएकी रश्मीले आत्तिँदै भनिन्, ‘समयमै नपुगे डाक्टर भेटिँदैनन्, एक घण्टा ढिलो भइसक्यो।’ मध्यपुर ठिमीको गठ्ठाघरदेखि कोटेश्वरसम्मको करिब ४ किलोमिटर सडक पार गर्न उनलाई झण्डै २ घण्टा लाग्यो।

समयमै गन्तव्य पुग्ने योजना बनाएर निस्किएका अरु यात्रुहरू पनि बसमा दिक्क मानिरहेका थिए। कोही अस्पताल, कोही रात्रिकालीन कार्यलय, कलेज त को ‘ड्युटी’ सकेर फर्किँदै थिए। एक सातायता अप्रत्यासित रूपमा बढेको जामले दिक्क बनाएको सार्वजनिक बसका चालक राजन काफ्लेले बताए। राजधानीको पूर्वी भेग जाने कोटेश्वर–लोकन्थली सडकमा संधैजसो ट्रापिक जाम हुने गरेको छ।

कोटेश्वर, जडिबुटी, लोकन्थली, कौशलटार हुँदै गठ्ठाघर चोकसम्मको करिब चार किलोमिटर सडकमा घण्टौं जाम हुने गरेको छ। यो दूरी पार गर्न २ देखि साढे २ घण्टाभन्दा बढी समय लाग्ने गरेको छ।

बिहान साढे ९ देखि ११ बजे र साँझको कार्यालय समयमा यात्रुले सास्ती खेप्नुपरिरहेको छ। सूर्यविनायक–तीनकुने ६ लेन सडक विस्तार हुनुअघि कोटेश्वर–भक्तपुर– सडकमा यस्तै जाम हुने गथ्र्यो।

कान्तिपुर 

विशेष