News देश

अब तीन दिनअघि नै बाढीको भविष्यवाणी

अब तीन दिनअघि नै बाढीको भविष्यवाणी

असार २३ । जल तथा मौसम विज्ञान विभागले ठूला नदीमा तीन दिनसम्म बाढी कति आउँछ भन्ने भविष्यवाणी सुरु गरेको छ।

विभागले कर्णाली, बबई र नारायणी नदीमा यसका लागि कम्प्युटर प्रणाली जडान गरेको हो। ुतीन दिन पर्ने वर्षाले नदीमा कती पानी बग्नेछ भनेर कम्प्युटरबाटै यकिन गर्न सकिनेछ, विभागको बाढी पूर्वानुमान शाखाका प्रमुख एवम् वरिष्ठ हाइड्रोलोजिष्ट राजेन्द्र शर्माले बिहीबार भने, यसले सम्भावित क्षति घटाउन सहयोग पुग्ने अपेक्षा छ।

विभागले ३० वर्षसम्मको वर्षाको तथ्याङ्क उक्त प्रणालीमा पहिल्यै सेट गरेको छ। पहिला कति पानी परेको थियो र अहिले कति बढी पानी पर्‍यो वा परेन भनेर मापन गरिन्छ, उनले भने, त्यही तथ्याङ्क विभागले विश्लेषण गरी पत्ता लगाउन सकिन्छ।

यसमा थाइल्याण्डस्थित रिजनल इन्ट्रिगेटेड मल्टिहजार्डले अर्ली वार्निङ सिस्टम फर अफ्रिका एण्ड एसिया आरआईएमईएसले सहयोग गरेको छ। यस किसिमको भविष्यवाणी सुरु गरिए पनि यो अहिले परीक्षणकै क्रममा छ।

सर्वसाधारणका लागि सार्वजनिक नगरिएको विभागका महानिर्देशक डा। ऋषिराम शर्माले बताए।

कान्तिपुर

विशेष